पोखराका मेयर जिसीले नगरसभा सदस्यलाई जिल्ल पारे

पोखराका मेयर जिसीले नगरसभा सदस्यलाई जिल्ल पारे


  • जन संचार
  • शनिबार, २९ माघ २०७८
  • 3.2K
    Shares

दुई दिनसम्म बस्ने गरी आव्हान गरिएको पोखरा महानगरपालिकाको १० औं नगरसभा एकैदिनमा शुक्रबार सम्पन्न गरिएको छ।
नगरसभाको दोश्रो दिन नगरासभाका सदस्यहरुलाई आफ्नो धारणा राख्न दिने कार्यक्रम तय भएको भए पनि मेयर मानबहादुर जिसिले पहिलो दिनमा नै नगरसभा सकिएको घोषणा गरिदिए पछि नगरासभाका सदस्यहरु जिल्ल परेका छन्। नगरासभामा आफ्ना सुझाब र गुनासो राख्न नपाएपछि विपक्षीहरु रुष्ट बनेका छन् ।
आफु बोल्ने कुराको टिपोट गरेर तयारी अवस्थामा रहेका पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष शंकर बास्तोलाले आफु बोल्ने पालो कुरेर बसेकोमा नगरसभा नै सकिएको गुनासो गरे। कार्यक्रमस्थलमा उपप्रमुखसमक्ष पटक–पटक बोल्न पाउनुपर्ने माग गर्दा ‘हुन्छ’ भन्ने आश्वासन दिए पनि अन्तिममा झुक्याएको उनले बताए । बहुमतमा नेकपा (एमाले) बाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि रहेकोमा विपक्षीको गुनासोप्रति बेवास्ता गरिएको उनले आरोप लगाए ।

महानगर प्रवक्ता धनबहादुर नेपालीले नगरसभामा पेस हुने सबै ऐन, विधेयक विधायन समितिमा छलफल भै आएकाले धेरै समस्या नआएको बताए ।

नगरसभाले महानगरलाई आवश्यक ५ ऐन र निर्देशिका पास गरेको विधायन समिति संयोजक शोभामोहन पौडेलले जानकारी दिए । जसमा कर्मचारी ऐन २०७८, पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ संशोधन विधेयक, बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन लगायत विधेयक संशोधनसहित पास भएको छ ।
सभाले बजेट रकमान्तर तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव पास गरेको उनले बताए ।

‘विशेषगरी अहिले सेवा, करार र अस्थायी कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्छ भन्ने रह्यो,’ उनले भने, ‘महानगर कार्यान्वयन नहुने योजनाको रकम रकमान्तर गरेर वडालाई दिएर काम सक्ने भन्ने कुरा प्राथमिकताका पास गरियो ।’ नगरसभामा छलफल टेबल भएको विधेयकमाथि छलफल विषयमा कार्यपालिकामा भएका कुरा नै सुनाएको उनले बताए । सबैको ध्यान निर्वाचनतर्फ केन्द्रित भएकाले सभासदरुले हल्कारुपमा लिएको पनि उनको भनाइ थियो ।

प्रतिक्रिया