राष्ट्रघाती एमसीसी खारेज गराउने गरी संघर्षमा उत्रिन क्रान्तिकारी माओवादीको अपिल

राष्ट्रघाती एमसीसी खारेज गराउने गरी संघर्षमा उत्रिन क्रान्तिकारी माओवादीको अपिल


  • जन संचार
  • शनिबार, २९ माघ २०७८
  • 3.8K
    Shares

मोहन बैद्य 'किरण'

नेकपा (क्रान्तिकारी माओवादी) ले राष्ट्रघाती भनिएको एमसीसी परियोजनालाई खारेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज बुलन्द गरी सङ्घर्ष अगाडि बढाउन अपिल पनि गरेको छ ।

महासचिव मोहन वैद्य किरणले एक विज्ञप्ति जारी गर्दै सो आम देशभक्त, क्रान्तिकारी लगायत आम नेपालि जनतासामु त्यस्तो अपिल गरेका हुन्।

एमसीसी बिरुद्ध क्रान्तिकारी माओवादीको प्रेस बिज्ञप्ति

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेर बहादुर देउबा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर एमसीसी सम्झौता संसदबाट पारित गर्न धम्क्याइएको प्रति क्रान्तिकारी माओवादीले आपत्ति जनाउदै प्रेस विज्ञप्तिमार्फत अमेरिकी साम्राज्यवादको दादागिरी र एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिको ठाडो र नाङ्गो हस्तक्षेप भएको बताएको छ ।

अमेरिकी साम्राज्यवादी शासक वर्गले हिन्द–प्रशान्त रणनीति अन्तर्गतको एमसीसी परियोजनालाई नेपालको संसद्बाट अनुमोदन गराउन चर्को दबाब दिँदै आएको उल्लेख गर्दै महासचिव मोहन वैद्य किरणद्वारा जारी त्यस बिज्ञप्तिमा, “अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप हुँदा पनि त्यसको प्रतिवाद गर्नुको साटो नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नुका साथै अमेरिकाले हाम्रै अनुरोधमा दिएको र हामीले नै अनुमोदन गर्छौ भनी प्रतिबद्धता जनाएको स्थितिमा अमेरिकी सरकारले परियोजनाबारे के हुँदैछ भनेर सोध्नु सामान्य कुरा हो भनी नेता श्यामशरण महतले अमेरिकी साम्राज्यवादको तावेदारी गरेको” आरोप लगाइएको छ।

एमाले र माओवादी केन्द्रले अमेरिकी दादागिरीका बारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाएको भन्दै विज्ञप्तिमा “यो नेपालका शासक वर्गको अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति हो”, भनिएको छ ।

पार्टीले अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप र संसद्वादी राजनीतिक पार्टीहरूले गरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीको तीव्र भर्त्सना र घोर विरोध गरेको छ ।

प्रतिक्रिया