आगामी वैशाख ९ गतेदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षाको परीक्षा तालिका पनि सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बाेर्डले आज परीक्षा तालिका सार्वजनिक गरेकाे हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएकाे बताए । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।
तालिका अनुसार आगामी वैशाख ९ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने तालिकामा उल्लेख छ । त्यस्तै वैशाख ११ गते अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ ।
कोरोना महामारीका कारण कारण अघिल्ला दुई वर्ष भने एसईई भएको थिएन । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।
