चितवनमा पनि देखियो बर्डफ्लू, कुखुरा नष्ट गर्ने तयारी

चितवनमा पनि देखियो बर्डफ्लू, कुखुरा नष्ट गर्ने तयारी


  • जन संचार
  • शुक्रबार, २८ माघ २०७८
  • 3.9K
    Shares

चितवनको राप्ती नगरपालिका वडा नं. ६ मा बर्डफ्लू देखिएको छ । राप्तीको अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो ।

फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । उक्त फर्मको एक सय मिटर वरपरका पक्षी नष्ट गर्ने काम आज हुने प्रजिअ तामाङले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बर्डफ्लू देखिएको फर्मलाई नियन्त्रणमा लिने कार्य शुरु भएको जानकारी दिए।

उक्त फर्मको एक सय मिटर वरपरका पक्षी नष्ट गर्ने काम आज हुने उहाँले जानकारी दिनुभयो । सो फर्मका करिब २ हजार कुखुरा नष्ट गरिदैछ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनले पनि चितवनमा बर्डफ्लू देखिएको पुष्टि गरेको छ ।

प्रतिक्रिया