बालकुमारी मन्दिरबाट हराएको मूर्ति तीन हप्तापछि हात्तीबनमा भेटियो

बालकुमारी मन्दिरबाट हराएको मूर्ति तीन हप्तापछि हात्तीबनमा भेटियो


  • जन संचार
  • शुक्रबार, २८ माघ २०७८
  • 3.6K
    Shares

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति झन्डै तीन हप्तापछि काठमाण्डौको हात्तीबनमा बेवारिशे अवस्थामा फेला परेको छ ।

आज बिहान स्थानीयले क्लासिक टावर पछाडिको मन्दिरमा बोरामा प्याक गरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

गएको माघ ८ गते हराएको पित्तलबाट निर्मित दुई फिट अग्लो र डेढ फिट चौडाइको उक्त मुर्ति खुमलटार हातिबनस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर नजिक आज बिहान मूर्ति फेला परेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।

ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार सशस्त्र प्रहरीको क्याम्पको नजिक रहेको करूणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको छ ।

बालकुमारीको मुर्ति

बालकुमारी माईको उक्त मूर्तिलाई प्रहरीले जावलाखेल लगिसकेको छ । केहीबेरमा मूर्तिलाई सुनाकोठी पठाउने तयारी भइरहेको छ ।

सुनाकोठीको गुठीले मूर्ति फेला पार्नेलाई पांच लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

मूर्ति भेटिएपछि प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र प्रहरी परिसर प्रमुख एसएसपी यज्ञविनोद पोखरेल लगायत हात्तीवन पुगेका थिए।

प्रतिक्रिया