चुनाबको मुखमा भ्रस्टाचार नियन्त्रणको माग गर्दै कांग्रेसी युवाले गहवा माईसंग गुहार मागे

चुनाबको मुखमा भ्रस्टाचार नियन्त्रणको माग गर्दै कांग्रेसी युवाले गहवा माईसंग गुहार मागे


  • जन संचार
  • शुक्रबार, २८ माघ २०७८
  • 4.4K
    Shares

झन्डै पांच वर्षसम्म प्रतिपक्षीदलको हैसियतमा भ्रस्टाचारको बिरोध गर्न नसकेको नेपाली कांग्रेसले बीरगंजमा भ्रस्टाचार रोकिदिन आव्हान गर्दै स्थानीय गहवा माईको मन्दिरमा गुहार पत्र बुझाएका छन् ।

भ्रस्टाचार विरुद्ध विरोध प्रदर्शनसहित सम्पूर्ण वीरगंजबासीको आस्था तथा विश्वासको केन्द्रका रुपमा मानिएको गहवा माईको मन्दिर पुगेका नेपाली कांग्रेसका युवाहरुले भ्रस्टाचार रोकिदिन आव्हान गर्दै  गहवा माईसमक्ष गुहार पत्र बुझाएका हुन् ।

त्यस अवसरमा उनीहरुले स्थानीय जनप्रतिनिधी निर्वाचित भएपश्चात महानगरमा बेथिति, भ्रष्टाचार, र अजराजकता झन मौलाउँदै गएको आरोप लगाएका थिए।

नेपाली कांग्रेस पर्साका युवा नेता कंचन झाले वीरगंजको विकास भन्दा पनि व्यक्तिको विकास भएको, महानगरको शैक्षिक गुणस्तर झनझन खस्कदै गएको, स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा समेत अराजकता मौलाउँदै गएको आक्षेप लगाएका थिए।

यस्तै नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति महम्मद सहाबुद्दनले जनप्रतिनिधीहरुको लापरवाही कै कारण वीरगंजको स्वरुप परिवर्तन हुन नसकेको आरोप लगाए । उनले वीरगंजको विकासको लागि पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कुनै वास्ता नगरेको हुँदा सांकेतिक रुपमा गुहार पत्र लिएर मातालाई गुहार्न पुगेको बताए ।

स्थानीय जनप्रतिनिधीको कार्यकालभर विपक्षीको भूमिका निर्वाह गर्न नसकेका कांग्रेस पर्साका नेताहरुले अहिले स्थानीय तहको निर्वाचनको घोषणा भए लगत्तै भ्रस्टाचारको बिरोध गर्नुलाई स्थानीय बासिन्दाले चुनाबको मुखमा जनताको मन तथा मत जित्न खोजेको अर्थमा बुझेका छन्।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकालभर केहि बोलन नसकेको कांग्रेस पार्टीले अहिले निर्वाचनको मिति  घोषणापछि सडकमा ओर्लेर नाटक गरिरहेका स्थानीयले बताएका छन् ।

प्रतिक्रिया