पाँच लाख रुपियाँ घुस सहित पक्राउ परेका उच्च अदालत पोखराका तात्कालिन सहन्यायाधिबक्ता थापाविरुद्ध भ्रस्टाचार मुद्दा दर्ता

पाँच लाख रुपियाँ घुस सहित पक्राउ परेका उच्च अदालत पोखराका तात्कालिन सहन्यायाधिबक्ता थापाविरुद्ध भ्रस्टाचार मुद्दा दर्ता


  • जन संचार
  • बुधबार, २६ माघ २०७८
  • 2.6K
    Shares

पांच लाख रुपियाँ घुस रकमसहित पक्राउ परेका उच्च अदालत पोखराका सहन्यायाधिबक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

उच्च सरकारी वकिलको कार्यालय, पोखरामा हुँदा घुससहित रंगेहात पक्राउ परेका थापाविरुद्ध अख्तियारले ६१ लाख दुई हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपसहित बिशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

२०४५ साल असार ५ गतेदेखि मा सरकारी सेवामा प्रवेश गरेका थापाको गत वर्षसम्म एक करोड ७६ लाख रुपैयाँ मात्रै वैध आर्जन हुनेमा सम्पत्ति छानविन गर्दा दुई करोड ३७ लाख रुपैंया आर्जन गरेको भेटिएको अख्तियारको भनाइ छ । ६१ लाख रुपैयाँको स्रोत नखुलेको भन्दै अख्तियारले थापामाथि मुद्दा चलाएको हो ।

अख्तियारले सरकारी वकिलमाथि गैरकानूनी सम्पत्तिआर्जनको मुद्दा चलाएको यो दुर्लभ घटना हो । ‘एक त उनी रंगेहात घुस सहित पक्राउ परेका थिए’ अख्तियार स्रोतले भन्यो, ‘अर्कोतर्फ उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको भेटिएकाले आयोगले कठोर निर्णय गरेर मुद्दा दायर गरेको हो ।’ अख्तियारले उनकी पत्नी अञ्जु खड्का थापा विरुद्ध पनि मुद्दा चलाएको छ ।

प्रतिक्रिया