कोरोना संक्रमणबाट पोखराका दुईसहित गण्डकी प्रदेशमा चारको मृत्यु

कोरोना संक्रमणबाट पोखराका दुईसहित गण्डकी प्रदेशमा चारको मृत्यु


  • जन संचार
  • बुधबार, २६ माघ २०७८
  • 3.3K
    Shares

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा पोखरा महानगरपालिकाका दुई जना सहित गण्डकी प्रदेशमा चार जनाको मृत्यु भएको छ भने कास्की जिल्लाका ५६ सहित थप एकसय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार, पछिल्लो २४ घन्टामा पोखरा महानगरपालिका वडा नम्बर २१ की ७७ वर्षिया महिला र पोखरा १७ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमणकाकारण निधन भएको छ।

उनीहरुको साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ। त्यस्तै सोही अस्पतालमा उपचाररत स्याङ्गजा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ७ का ६५ वर्षीय पुरुष र पर्वत जिल्लाको मोदी गाउपलिका वडा नम्बर ५ निवासी ३५ वर्षीया महिलाको पनि कोरोना संक्रमणकाकारण मृत्यु भएको निर्देशनालयले आज जारी गरेको प्रेस बिज्ञप्तिमा जनाइएको छ।

पछिल्लो २४ घन्टामा मृत्यु भएका चारसहित गण्डकी प्रदेशमा हालसम्म एकहजार चारसय ५६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

निर्देशनालयद्वारा जारी विज्ञप्तिका अनुसार, पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमण डर घटेको देखिएको छ। पछिल्लो २४ घन्टामा हिमाल पारीको जिल्ला भनेर चिनिने मनाङ्गमा कोरोना संक्रमण डर शुन्य रदेखिएको छ भने मुस्ताङ र नवलपुरमा ४- ४, गोरखामा १, बाग्लुङमा ५, पर्वतमा ६, स्याङ्गजामा ९ जनामा कोरोना संक्रमण देखिएको थियो। गण्डकी प्रदेशमै धेरै कास्कीमा ५६, म्याग्दीमा ४६, तनहुँमा १५ र लमजुङ्गमा १० जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले गरेको अध्यावधिक विवरण अनुसार, हालसम्म गण्डकी प्रदेशमा एकलाख एकहजार एकसय दुई जनामा कोरोना संक्रमण पुष्टि भैसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

वीरगञ्जमा कोरोना संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको छ । धोविनी गाउँपालिका–४ का १२ वर्षीय बालकको मंगलबार साँझ साढे ७ बजे मृत्यु भएको हो ।

माघ १६ गते स्वास प्रश्वासमा सहयोगका लागि ट्युब र ब्याग सहित नारायणी अस्पतालमा भर्ना भएका उनलाई भेन्टिलेटरमै राखिएको थियो । त्यसपछि उनको एक पटक पनि होस नआएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

उनलाई नेशनल मेडिकल कलेजबाट नारायणी अस्पतालमा रिफर गरिएको थियो । सोही दिन गरिएको एन्टिजीन परीक्षण पोजेटिभ आएको थियो । चेकजाँचका क्रममा उनमा कोभिड निमोनिया देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहका अनुसार शुरुमा उनलाई ज्वरो आएको थियो । त्यसपछि उनलाई वान्ता भएको र वान्ता सर्किएर श्वासनली हुँदै फोक्सोसम्म पुगेको उनले बतए ।

‘एकातिर कोभिड निमोनिया, अर्कोतिर एस्पिरेसन निमोनिया पनि थियो’ उनले भने, ‘सकेको प्रयास ग¥यौं तरपनि बचाउन सकेनौं ।’

प्रतिक्रिया