एमसीसी संसदबाट पारित गराउन अमेरिकी राजदुत बेरीको दबाब, भेटे एमाले अध्यक्ष ओलीलाई

एमसीसी संसदबाट पारित गराउन अमेरिकी राजदुत बेरीको दबाब, भेटे एमाले अध्यक्ष ओलीलाई


  • जन संचार
  • बुधबार, २६ माघ २०७८
  • 4.7K
    Shares

एमाले अध्यक्ष केपी शर्मा ओली, अमेरिकी राजदुत बेरी

आगामी फागुन १६ गतेभित्र एमसीसी सम्झौता पारित गर्न समय दिएको अमेरिकाले राष्ट्रघाती भनिएको त्यस सम्झौता पारित गर्न नेपालका राजनीतिक नेताहरुलाई दबाब दिन शुरु गरेको छ।

नेपालमा चौतर्फी बिरोध भैरहेको एमसीसी सम्झौता पारित गराउन नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीले नेपाली राजनीतिक नेताहरुलाई भेटेर दबाब दिन शुरु गरेका छन्। यसै क्रममा राजदुत बेरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गएका छन्।

प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न राजदूत बेरी सोमबार विहान बालकोट पुगेका थिए । भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालगायत विषयमा छलफल भएको बालकोट स्रोतले जनाएको छ ।

एमसीसी सम्झौता निर्णायक मोडमा पुगेका बेला ओली र बेरीबीच झण्डै एक घण्टा छलफल चलेको थियो । एमसीसी मुख्यालयलसँग प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्डले १६ फागुनसम्म समयसीमा मागेका थिए । समय घर्किँदै गर्दा नेताहरुको दौडधुप बढेको छ ।

एमसीसीमा सभामुख अग्नीप्रसाद सापकोटा राष्ट्रिय सहमति आवश्यक पर्ने भन्दै संसदमा टेबल गर्न मानेका छैनन् । उनले राष्ट्रिय सहमति नभएको र जनतामाझ बिरोधका आवाज सुनिरहेको बेला बुधवार आव्हान गरिएको संसद बैठकलाई आगामी फागुन २ गतेका सारिदिएका छन्। उनी सकेसम्म राष्ट्रिय सहमति वा कम्तीमा सत्तारुढ दलहरुबीच राजनीति सहमति भए मात्र संसदमा एमसीसी सम्झौता निर्णयार्थ पेश गर्ने पक्षमा देखिएका छन्। त्यसैगरी प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले संशोधन हुनुपर्ने अडान लिएका छन् । सभामुखको भूमिकालाई लिएर एमालेले लामो समयदेखि संसदमा अवरोध गरेको र एमसीसी अन्योलमा परेका बेला राजदूत बेरी प्रतिपक्षी नेता ओली भेटेका हुन् ।

राजदूत बेरीपछि कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले बालकोट पुगेर मंगलबार साँझ ओलीसँग भेट गरेका थिए ।

प्रतिक्रिया