रौतहटको दक्षिणीभेगमा ईशनाथ नगरपालिकामा सरस्वतीको मुर्ति सेलाउन जांदा झडप भएको छ ।ईशनाथ ५ लक्षमिनिया गाउँमा विद्यार्थीहरुले सरस्वतीको मुर्ति सेलाउन जांदा मुस्लिम समुदायका महिलाहरुले अवरोध गरेपछि झडप भएको हो।
महिलाहरुले गरेको ढुंगामुढा प्रहारबाट दुई जना प्रहरीलाई चोटपटक लागेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए ।
सरस्वतीको मुर्ति सेलाउने क्रममा २ दिन अघि रौतहटका सिडियो कृष्ण बहादुर शाहिको रोहवरमा दुई पक्षीय छलफल भएको थियो । छलफलमा मुर्ति लिएर मदर्साको अगाडिबाट जांदा बाजा नबजाउन भएको सहमति अनुसारनै जांदा केहि महिलाले अवरोध गरि प्रहरी माथि ढुंगामुढा गरेको बताइएको छ। अहिले प्रहरीले अवरोध हटाएर मुर्ति सेलाउने काम सकिएको प्राप्त समाचारमा जनाइएको छ।