प्युठानमा जन्ती बोकेको जीप दुर्घटना : निधन भएका आठमध्ये दुलाहाका बाबु र बहिनीको सनाखत

प्युठानमा जन्ती बोकेको जीप दुर्घटना : निधन भएका आठमध्ये दुलाहाका बाबु र बहिनीको सनाखत


  • जन संचार
  • शनिबार, २२ माघ २०७८
  • 6.7K
    Shares

जन्ती बोकेर घर फर्कदै गरेको जीप आज बिहान करीब तीन बजेतिर दुर्घटनाग्रस्त हुँदा निधन भएका आठ जनामध्ये दुई जनाको सनाखत भएको छ भने बेहुला बेहुलीसहित पांच जना जन्ती गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार, ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटना हुँदा छ जनाको घटनास्थलमै र २ जनाको अस्पताल पुर्‍याएपछि मृत्यु भएको थियो। सो दुर्घटनामा परेर निधन भएका दुलाहाका बाबु र बहिनीको सनाखत भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेर नौंमुखी गाउँपालिका वडा नं. ६ जिनावबाङ निवासी दुलाहाका बाबु ३९ वर्षीय बुवा वसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको मृत्यु भएको प्राप्त जानकारीमा उल्लेख छ। यी बाहेक अन्य ६ जना मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताए ।

बेहुला बेहुलीसहित पाँच घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। बेहुला-बेहुली दुवैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

दुर्घटनास्थल निकै विकट भएकाले घाइतेको उद्धार गर्न तथा अस्पताल पुर्‍याउन कठिन भएको प्रहरीले जनाएको छ।

नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।

जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ। रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ। अहिले भने वर्षा रोकिएको छ।

प्रतिक्रिया