सगरमाथामा तीब्र गतिमा हिउँ पग्लिदै, ८० गुणा बढी हिउँ पातलिएकाे अध्ययन टोलीको निष्कर्ष

सगरमाथामा तीब्र गतिमा हिउँ पग्लिदै, ८० गुणा बढी हिउँ पातलिएकाे अध्ययन टोलीको निष्कर्ष


  • जन संचार
  • शनिबार, २२ माघ २०७८
  • 4.4K
    Shares

विश्वको सर्बोच्च शिखर सगरमाथामा हिउँ पग्लिदै गएकोमा अध्ययताहरुले चिन्ता प्रकट गरेका छन्।

बाक्लो हिउँ पग्लिएपछि सगरमाथाको माथिल्लो भेगमा कालो पहाड देखिन थालेको जनाउदै अध्ययन टोलीले सगरमाथाको उच्च भागमा रहेको हिमनदी साउथ कोल ग्लासियर पग्लिने क्रम तीब्र रहेकोमा पनि चिन्ता देखाएका छन।

अमेरिकाको मेइन विश्वविद्यालयले नेतृत्व गरेको शोधकर्ताहरूको टोलीले गरेको अध्ययन अनुसार पछिल्लो २५ वर्षमा साउथ कोल हिमनदीको एक सय ८० फिटभन्दा धेरै हिउँ गुमेको पाइएको बीबीसीले जनाएको छ ।

१० जना वैज्ञानिकहरूकाे टोली हिमनदीमा पुगेर अध्ययन गरेका हुन् । अध्ययन टोलीले विश्वकै सबैभन्दा अग्लो मौसम मापन गर्ने स्टेसन स्थापना गर्नुका साथै बरफको नमुना ल्याएका छन् ।

जलवायु परिवर्तनको असरका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । २५ हजार नौसय ३८ फिटको उचाइमा रहेको साउथ कोल हिमनदी बनेको बेलाभन्दा अहिले ८० गुणा बढी पातलिएकाे अध्ययन टोलीको निष्कर्ष छ ।

सन् १९९० देखि हिमनदीको बरफ पग्लिन थालेको र ३० वर्षको अवधिमा यसअघि दुई हजार वर्ष लागेर बनेको बरफ पग्लिसकेको प्रतिवेदनमा उल्लेख छ ।

बाक्लो हिउँ पग्लिएपछि सगरमाथाको माथिल्लो भेगमा कालो पहाड देखिन थालेको अध्ययन टोलीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया