दुलही लिएर फर्किएको जीप दुर्घटना हुँदा प्युठानमा छ जना जन्तीको निधन भएको छ भने दुलाहासहित अन्य सात जना घाइते भएका छन्।
प्यूठानमा बेहुली लिएर गएको जिप दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा परि ६ जनाकाे मृत्यु भएकाे छ। बेहुलासहित ७ जना गम्भीर घाइते भएका छन्।
जन्ती बोकेको ग १ ज ५०९२ नम्बर जीप प्युठानको ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनाग्रस्त भएको हो।
प्रहरीका अनुसार, नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे उक्त जीप बेहुलाको घर नजिकै पुगेको बेला बाटोमा झरेको पहिरोको कारण जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको बताइएको छ।
उक्त दुर्घटनामा छ जनाको निधन भएको र अन्य सात जना घाइते भएको जानकारी आएपनि हालसम्म बिस्तृत विवरण नआएको प्रहरीले जानकारी दिएको छ।