कमिशनको लोभमा परेर आफ्ना तीन जना व्यापारिक साझेदारको हत्या गर्ने कार्यमा संलग्न रहेको आरोपम पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले आज बिहान पत्रकार सम्मेलन गरी तीन जना व्यापारिक साझेदारको हत्या गर्ने कार्यमा संलग्न रहेको आरोपम पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार, सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको हो । यीमध्ये मण्डल मुख्य आरोपी हुन् । अन्य उनका सहयोगीहरु हुन् ।

प्रहरी स्रोतका अनुसार उनीहरूले झापामा ५० करोडमा जग्गा बैना गरेको देखिएको छ। त्यसबापत उनीहरूलाई ३ प्रतिशत कमिसन पनि आउने कुरा थियो।
त्यो पैसा बाँडफाँट गर्नुभन्दा उनीहरूलाई सिध्याइदिए आफैंलाई फाइदा हुने सोचले हत्या गरेको प्रारम्भिक सोधपुछका क्रममा बताएका छन्।
‘आर्थिक कारोबारकै विषय हो। उनीहरूले पार्टनरसिपमा झापामा ५० करोडमा जग्गा बैना गरेको देखिन्छ। त्यसको ३ प्रतिशत कमिसन पनि आउने र पार्टनरसिपमा अरूलाई बाँड्नुभन्दा सिध्याउनु राम्रो भन्ने सोच एउटा छ,’ महाशाखा स्रोतले भन्यो, ‘अर्को हाइड्रोपावरलगायत विभिन्न ठाउँमा लगानी गर्ने कागजात पनि फेला परेका छन्। सक्कली हो वा नक्कली भन्ने अनुसन्धानबाट खुल्छ तर मुख्य कारण आफूलाई फाइदा गर्न पार्टनरलाई सिध्याएको देखिन्छ।’
ती प्रहरीका अनुसार मण्डलको केही आपराधिक व्यक्तिहरूसँग पनि सम्बन्ध रहेको देखिन्छ।
अरू धेरै जना संलग्न छन् भन्ने प्रहरीको भनाइ छ। उनीहरूको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार मण्डलले हत्या गर्न भारतबाट केही व्यक्तिलाई पनि बोलाएका थिए। त्यसको लागि उनले २० लाखसम्म खर्चिएको बताएका छन्।
https://www.janasanchar.com/2022/02/117152/
कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनका साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सबैभन्दा अन्तिममा फेला परेका लिम्बूको हत्या मंसिर २८ गते भएको थियो। सुरूमा मण्डलको समूहले लिम्बूको हत्या गरेपछि मंसिर २९ गते नै राजेन्द्रप्रसाद र शम्भुसहित मोरङ पुगेको देखिन्छ।
मोरङमा पुगेर उनीहरूले शम्भुको पुस ५ गते र राजेन्द्रको ७ गते हत्या गरेको प्रहरी उपरीक्षक जिसीले बताए।
श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा खाल्डो खनेर गाडिएको थियो भने लिम्बुको शव बिहीबार ललितपुर महानगरपालिका–१२ ठेंचोस्थित एक गोदाम घर रहेको कम्पाउण्डमा गाडिएको अवस्थामा फेला परेको थियो ।