विदेशीको दबाबमा एमसीसी पास गरे राष्ट्रघाती : भीम रावल

विदेशीको दबाबमा एमसीसी पास गरे राष्ट्रघाती : भीम रावल


  • जन संचार
  • सोमबार, १७ माघ २०७८
  • 4.4K
    Shares

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले ता रावलले नेपाली जनताले एमसीसीको राष्ट्रघाती प्रावधानको विरुद्धमा आवाज उठाईरहेका बेला बिदेशी शक्तिको दबाबमा संसदबाट एमसीसी सम्झौता जस्ताको त्यस्तै पास गरे राष्ट्रघाती काम ठहरिने बताएका छन्। राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता रावलले त्यस्तो कुरा बताएका हुन्।

यदि जनताको बिरोधका बाबजुद पनि एमसीसी सम्झौता संसदमा निर्णयार्थ पेश भए आफुले त्यसको बिरुद्धमा मतदान गर्ने जिकिर गरेका नेता रावलले आफूले एमसीसीको बारेमा थाहा पाएदेखि नै आवाज उठाएको स्पष्ट पारे । उनले यसअघि मन्त्रिपरिषद्मा हुँदा एमसीसीको बारेमा जानकारी नगराइएको पनि दाबी गरे।

नेता रावलले आफुहरु संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुँगो लगाउन व्यस्त भएका बेला तात्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोप्य रुपमा एमसीसी सम्झौता गरेको आरोप पनि लगाए

प्रतिक्रिया