कोरोना संक्रमित एमाले अध्यक्ष ओलीबिरुद्ध भक्तपुरमा उजुरी दर्ता, कानूनी कारबाहीको माग

कोरोना संक्रमित एमाले अध्यक्ष ओलीबिरुद्ध भक्तपुरमा उजुरी दर्ता, कानूनी कारबाहीको माग


  • जन संचार
  • आइतबार, १६ माघ २०७८
  • 5.8K
    Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ ।
सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले एमाले अध्यक्ष ओलीलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता गराएका हुन् ।

उजुरीकर्ता अधिकारीले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफु कोभिड संक्रमित हुँदाहुँदै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रमम सहभागी भइ हुलहुज्जत गरी आफुलाई सामान्य संक्रमण मात्र भएको भाषण गरेको उल्लेख गरेका छन् ।

‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार सम्प्रेषण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौ’, निवेदकले खुलाएका छन् । ‘यसरी आफु कोरोना संक्रमण फैलउने कार्य गरी संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवस्यक कारवाही गरी पाउ’, निवेदको दावी छ ।

प्रतिक्रिया