प्रम देउबा चालु संसदबाट एमसीसी पास गर्ने पक्षमा देखिएपछि गठबन्धनमा खैलाबैला : पारित नगरे गठबन्धन तोड्ने देउवाको चेतावनी

प्रम देउबा चालु संसदबाट एमसीसी पास गर्ने पक्षमा देखिएपछि गठबन्धनमा खैलाबैला : पारित नगरे गठबन्धन तोड्ने देउवाको चेतावनी


  • जन संचार
  • आइतबार, १६ माघ २०७८
  • 5.2K
    Shares

राष्ट्रघाती भनिएको अहिलेसम्म अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता बारे अहिलेसम्म मौन बसेका प्रधानमन्त्री एबम नेपाली कांग्रेसका सभापति शेरबहादूर देउबा एक्कासी त्यस सम्झौता संसदबाट पारित गर्ने पक्षमा देखिएका छन्।

शनिबार साँझ भएको पाँच दलको बैठकमा प्रधानमन्त्री देउबाले आफु चालु संसद अधिबेशनबाटै एमसीसी सम्झौता पारित गराउने पर्ने बाध्यतामा रहेको जानकारी दिदै यदि संसदबाट एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिए।

बैठकमा प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने भन्दै संसदबाट अनुमोदन गर्नुपर्ने बताए । उनले एमसीसी पास गर्नैपर्ने भएकाले सहयोग गर्न अरु दलका नेताहरुसँग आग्रह पनि गरे । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु त्यसमा सहमत भएनन् ।

प्रधानमन्त्री देउबाले बैठकमा एम्सिसिको पक्षमा भनाई राखे पछि शीर्ष नेताहरुबीच केहीबेर चर्काचर्की नै भएको समाचारस्रोतको दाबी छ।

कार्यदलमा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताए ।

जवाफमा प्रधानमन्त्री देउवाले, “तपाईंहरुलाई मन लागे भोट हाल्नुस्, मन नलागे नहाल्नुस् भनेर कडा जवाफ दिएका थिए। त्यसपछि गठबन्धन दलका अन्य नेताहरुले ‘हामीले पनि एमसीसीमा एमाले अध्यक्ष ओलीसित मिल्नु छ भने मिल्नुस्, पास गर्नुस् । त्यसरी जालझेल गरेर गठबन्धन जोगाउनु पनि छैन” भनेर जवाफ दिएका प्राप्त समाचारमा जनाइएको छ।

सोही बैठकमा स्थानीय निर्वाचन जेठमा गर्ने सहमति जुटाएका देउवाले लगतै एमसीसीबारे छलफल गरेका थिए । बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की थिए ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, गठबन्धन नै संकटमा पर्ने देखेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरुले सभामुखमार्फत १० दिन संसद बैठक स्थगित गराएका छन् । माघ १६ गते बोलाइएको प्रतिनिधिसभाको बैठक संघीय संसद सचिवालयले शनिबार साँझ नै सूचना जारी गरेर १० दिन स्थगित गरेको थियो ।

अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई संसदमा अगाडि बढाउनबाट रोक्न आइतबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक स्थगित गरेको पाइएको छ ।

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि तय गरिएको थियो । बैठकको एजेण्डा तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका थिए ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले शनिबार अपरान्ह पौने पाँच बजे साँझ नै प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेका थिए । तर यति तयारी गरेर पनि शनिबार साँझ प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरियो ।

प्रतिक्रिया