साथीको कोठामा बेहोश अवस्थामा भेटिएका प्रहरी जवान गिरीको मृत्यु

साथीको कोठामा बेहोश अवस्थामा भेटिएका प्रहरी जवान गिरीको मृत्यु


  • जन संचार
  • आइतबार, १६ माघ २०७८
  • 6.7K
    Shares

पर्साको पोखरिया–४ पोखरीया बजारस्थित साथीको कोठामा बेहोश अवस्थामा भेटिएका एक जना प्रहरी जवानको मृत्यु भएको छ।
प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भई प्रहरी चौकी कचोवा बारामा कार्यरत प्रहरी जवान रिपुकुमार गिरी घर बिदामा गएका बखत पोखरिया बजारस्थित साथी जितेन्द्र रौनियारको कोठाभित्र बेहोश अवस्थामा फेला परेका थिए। शुक्रबार बेलुका ६ बजेतिर पोखरिया नगरपालिका कै वडा नम्बर १ वनकटवास्थित घरबाट निस्किएका थिए गिरि भोलिपल्ट शनिबार राति साथीको कोठामा बेहोश अवस्थामा फेला परेका थिए।
दाजु बेहोश अवस्थामा फेला पर्रेपछी गिरीकै भाइ प्रहरी जवान अरविन्द गिरीले उपचारका लागि नारायणी अस्पताल वीरगन्जमा लगेका थिए।  तर अस्पतालले अस्पताल पुर्याउना साथ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।
प्रहरीले हालसम्म गिरीको मृत्युको कारण खुलाइसकेको छैन ।डीएसपी खनालले गिरी मृत फेला परेको घरमा बस्ने दुई जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेकाहरुको विवरण प्रहरीले खुलासा गरिसकेको छैन ।
शवको बाहिरी चोटपटक केही देखिएको छैन, पोस्टमार्टमका लागि पठाएका छौं,’ उनले भने, ‘अब भिसेरा परीक्षण लगायत गरेपछि मृत्युको कारण खुल्नेछ ।’

प्रतिक्रिया