मधेश प्रदेशका मन्त्रीद्वारा सरकारको आदेशविपरीत छोरीको भब्य बिबाह कार्यक्रम

मधेश प्रदेशका मन्त्रीद्वारा सरकारको आदेशविपरीत छोरीको भब्य बिबाह कार्यक्रम


  • जन संचार
  • शनिबार, १५ माघ २०७८
  • 5K
    Shares

नेपालमा एउटा उखान प्रचलित छ,”सानालाई ऐन, ठुलालाई चैन” कोरोना महामारीका कारण सबैतिर भयाबह वातावरण बनिरहेको छ।  सरकारले यस कोरोना महामारीलाई नियन्त्रण गर्न विभिन्न आदेशहरु दिएको छ।  सरकारले सभा सम्मेलन, बिबाह, भोज जस्ता भिडभाडजन्य गतिबिधि नगर्न,  लगाउन, हातमुख साबुन पानीले धुन, स्यानीटाईजर् प्रयोग गर्न लगायतका आदेशहरु सरकारले जारी गरेको छ।  तर यी आदेश सर्वसाधारणले मानिरहेका छन्।  तर नेता तथा सरकारका जिम्मेवार मन्त्रीहरु नै मानिरहेका छैनन्।

आफु कोरोना संक्रमित भएर पनि सार्वजनिक कार्यक्रममा सहभागी भयो भन्दै चर्को बिरोध भएकै भोलि पल्ट मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सरकारले दिएको आदेशहरुलै लत्याउदै छोरी मेघाको विवाह बिहीबार रौतहट निवासी रोमन साहसँग गरिदिएका छन्।

कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको अवस्थामा मधेश प्रदेशका मंत्री साहले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाएका छन्। उक्त विवाहमा कुनै स्वास्थ्य मापदण्ड कायम थिएन। पाँच हजारभन्दा बढीलाई भेला गरेर भोजसहितको विवाह मन्त्री साहले आयोजना गरे।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि गत माघ २ गते सूचना जारी गर्दै बैठक, सभा समारोहमा रोक लगाएको थियो। तर, विवाहको स्वयंवरमा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र पनि उपस्थित भए। स्वयंवरपछिको भोजमा मुख्यमन्त्री लालबाबु राउत सहभागी भए ।

सभामुख सरोजकुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद यादव र भौतिक पूर्वधारमन्त्री रामसरोज यादव पनि त्यहाँ थिए। खचाखच भीडमा पुगेर संघीय सरकारका पूर्वमन्त्री मातृका यादव र रामेश्वर राय यादवले प्रशासनले जारी गरेको सूचनाको बर्खिलाप गरे। प्रदेशस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखहरू पनि नियम उल्लंघनको साक्षी बने।

बिहीबार साँझ बर्दिबासस्थित एक पार्टी प्यासेलमा उक्त वैवाहिक कार्यक्रम सम्पन्न भएको थियो। त्योभन्दा दुई दिनअघि महोत्तरीको गौशाला नगरपालिका–६ फुलकाँहास्थित पुख्र्यौली गाउँमा कम्तीमा २० क्विन्टल चामलको भोज थियो। मन्त्री साहले भोज खुवाउन वडा कार्यालय र स्वास्थ्य कार्यालयको प्रांगणसमेत प्रयोग गरेका थिए।

मधेस प्रदेश भारतीय सीमासँग जोडिएको छ। भारतमा कोरोनाको संक्रमण बढ्दो छ। प्रशासनले मधेसका जिल्ला उच्च जोखिममा छन्। कोरोनाको मापदण्डलाई कडापूर्वक लागू गर्न प्रशासनले निर्देशन दिएको हो। तर, त्यो कानुन प्रदेश सरकारकै उच्च पदस्थले मुठ्ठीमा लिएका छन्।

महामारीका बेला निर्धारित मापदण्ड अटेर गरेमा रोग संक्रमण ऐन २०२० बमोजिम कडा कारबाही हुने उल्लेख छ। मन्त्रीले नै ऐन हातमा लिएर खुलेआम चुनौती दिँदा पनि सरोकारवाला निकाय मौन छन्। ‘मन्त्रीज्यूले जसरी पनि आउनू भनेर निमन्त्रणा पत्र पठाउनु भयो। फोन गर्नुभयो। नजाने कुरो भएन’ सभामुख सरोजकुमार यादव भन्छन्।

मन्त्री साहले सतर्कता अपनाएर वैवाहिक कार्यक्रम आयोजना गरेको दाबी गरे। उनले भने, ‘मास्क, सेनिटाइजर, साबुनपानीको व्यवस्था गरिएको थियो।’ हजारौंलाई भेला गरेर कोरोना नियन्त्रणको मापदण्ड मिच्नु भयो नि ? भन्ने प्रश्नमा उनले भने, ‘२५ जना नै थियौं। पाहुनाहरू आउने जाने क्रम चलिरह्यो।’ वडा कार्यालय र स्वास्थ्य कार्यालयको प्रांगण प्रतीक्षालय बनाइएको उनको भनाइ छ। त्यो गाउँको पनि दलान भएकाले भोज खुवाएको उनले बताए।

प्रतिक्रिया