सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको निर्माणाधीन ठाडो सुरुङभित्र दुई मजदुर खसे

सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको निर्माणाधीन ठाडो सुरुङभित्र दुई मजदुर खसे


  • जन संचार
  • बिहिबार, १३ माघ २०७८
  • 3.9K
    Shares

सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको बन्दै गरेको सुरुङमा दुई जना मजदुरहरु खसेका छन्।

आयोजनाको भर्लेनीस्थित पावरहाउस निर्माणस्थलको ठाडो सुरुङ निर्माणस्थलमा पाइप निकाल्ने क्रममा क्रेन भाँचिएर दुई मजदुर सुरुङभित्र खसेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक प्रदीप कटुवालका अनुसार पाइप निकाल्ने क्रममा क्रेन भाँचिएपछि उनीहरु सवार रहेको बकेट करिब एक सय ६० मिटर गहिरो सुरुङमा खसेको थियो। ठाडो सुरुङमा खसेका पर्साको कोटेश्वर गाउँपालिकाका २० वर्षीय अंकित चौधरीलाई घाइते अवस्थामा उद्धार गरेर संखुवाभसाको मिसन अस्पतालमा पठाइएको कटुवालले जानकारी दिए । अर्का मजदुर बाराको कोहोल्बी नगरपालिका १ का २२ वर्षीय राकेश चौधरीको भने उद्धार गर्ने प्रयास भइरहेको डीएसपी कटुवालले बताए ।

गत ११ पुसमा यही आयोजनामा भएको दुर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएको थियो । परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पडि्कएर आयोजनामा कार्यरत इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको थियो । परीक्षणका क्रममा पाइपमा पानी हालेपछि विष्फोटसहित जोडिएको भाग छुटिएर घटना भएको थियो ।

प्रतिक्रिया