मलखाद मागेर राष्ट्रियसभा चुनावको बिरोध गरिरहेका सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्तामाथि प्रहरीले जनकपुरमा दमन गरेको छ।
राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले जनमत पार्टीका नेता तथा कार्यकर्तामाथि प्रहरीले जनकपुरमा दमन गरेको हो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज पनि गरेको छ। अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन् । तर उनीहरुले जनकपुरधामका बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए ।