राष्ट्रियसभा चुनाव मतदान शुरु : जनकपुरमा बिरोध प्रदर्शन

राष्ट्रियसभा चुनाव मतदान शुरु : जनकपुरमा बिरोध प्रदर्शन


  • जन संचार
  • बुधबार, १२ माघ २०७८
  • 3.2K
    Shares

राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी, मधेश लगायतका प्रदेशहरूमा मतदान जारी छ । तर सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहान मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

यसैगरी मधेश प्रदेशमा पनि मतदान जारी छ । मधेश प्रदेशमा नेकपा एमाले र लोसपाले गठबन्धन गरेका छन् । मधेश प्रदेशमा पनि चुनावका लागि मतदान चलिरहदा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहान मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचनको मतदानको तयारी भइरहेको बेला उनीहरुले रामानन्द चोक र भानु चोकमा केहीबेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘पहिले मलखाद देऊ, अनि भोट खसाऊ’ भन्दै नारा लगाएका थिए । उनीहरुले ‘स्थानीय निर्वाचन नभई राष्ट्रिय सभा निर्वाचन किन !’ लेखिएको प्लेकार्ड पनि बोकेका थिए । अद्यापि उनीहरुले सडक अवरोध भने गरेका छैनन्।

सिके राउतका नेता/कार्यकर्ताहरुले किसानका मुद्दा उठाउँदै जिल्लामा गतिविधि गर्दै आएका छन् । त्यही क्रममा आज बिहान सडकमा टायर बालेर केहीबेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया