राष्ट्रिय सभा चुनाव आजः गठबन्धन प्यानलबिरुद्ध एमाले एक्लै भिड्दै

राष्ट्रिय सभा चुनाव आजः गठबन्धन प्यानलबिरुद्ध एमाले एक्लै भिड्दै


  • जन संचार
  • बुधबार, १२ माघ २०७८
  • 3.2K
    Shares

राष्ट्रिय सभामा रिक्त हुन् लागेको १९ जना सदस्यको चुनाब आज हुदैछ।  यस चुनाबमा पांच दलीय गठबन्धनका बिरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) एक्लै भिड्दै छ।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सबै तयारी पूरा भएको भन्दै बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म मतदान गर्नेगरी तयारी गरिएको जनाएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले सबै तयारी पूरा गरेको र सात प्रदेशमा आठ मतदान र १४ केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको जानकारी दिए ।

आज हुने चुनावेबाट प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ जना राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनेछन।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी नौ दलका ४३ जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।

निर्वाचनमा प्रदेश सभा सदस्यहरू र स्थानीय तहका प्रमुख-उपप्रमुख मात्र मतदाताका रूपमा रहन्छन् । स्थानीय तहका १४ सय ९३ जना र प्रदेश सभाका ५ सय ३२ जना गरेर जम्मा २ हजार २५ जना मतदाता कायम भएका छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

पाँच दलको गठबन्धन, एमाले एक्लै
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन कायम राख्दै एमालेको तर्फबाट रिक्त हुने सिटमा समेत भागबन्डा गरेका हुन् । यस्तै, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार एक्लै अघि सारेको छ ।

निर्वाचन आयोगले सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य विभिन्न समूह गरी १९ सिटका लागि निर्वाचन गराउन लागेको हो ।

आयोगका अनुसार निर्वाचनमा जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र)बाट पाँच जना, नेकपा (एकीकृत समाजवादी)बाट पाँच जना, जनता समाजवादी पार्टी, नेपालबाट दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना, नेपाल मजदुर किसान पार्टीबाट दुई जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना र राष्ट्रिय जनमोर्चाबाट एक जनाको उम्मेदवार बनेका छन् ।

यस्तो छ भागबन्डा
गठबन्धनमा रहेका दलबीच भएको सहमतिअनुसार एमालेले जितेका आठ सिटमा कांग्रेसले तीन, जसपाले दुई, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले एक÷एक सिट पाउने गरी भागबन्डा गरिसकेका छन् । १९ पद रिक्त हुँदा भएको भागबन्डामा कांग्रेसको भागमा ६ सिट, माओवादी केन्द्र र नेकपा एसले पाँच÷पाँच सिट तथा जसपालाई दुई र जनमोर्चालाई एक सिट परेको हो ।

गठबन्धनमा रहेका दलहरूबीच भएको सहमति कार्यान्वयन भए कांग्रेसले पुरानो सिटलाई आफ्नो पक्षमा कायम राख्दै थप तीन सिट नाफामा हुनेछ । यस्तै, माओवादी केन्द्र र नेकपा एस एक÷एक सिट नाफामा हुनेछन् भने जसपा र राष्ट्रिय जनमोर्चा सबैभन्दा बढी नाफामा पर्नेछन् ।

कुल ५९ सदस्यीय हुने राष्ट्रिय सभामा हाल अध्यक्षसहित एमालेका २४, उपाध्यक्षसहित माओवादीका १४, कांग्रेसका सात, एकीकृत समाजवादीका सात, जसपाका दुई, लोकतान्त्रिक समाजवादीबाट एक, स्वतन्त्र एक र मनोनीत तीन जना सदस्य छन् ।

यी सदस्य जो बिदा हुँदै छन्
प्रदेश १: अगमप्रसाद बान्तवा राई, नैनकला ओझा, परशुराम मेघी गुरुङ (एमाले)
प्रदेश २: सुमनराज प्याकुरेल (एमाले), शशिकला दाहाल (माओवादी केन्द्र)
बाग्मतीः राधेश्याम अधिकारी (कांग्रेस), उदया शर्मा पौडेल (एकीकृत समाजवादी)
गण्डकीः दीनानाथ शर्मा र खिमकुमार विक (माओवादी), शान्ति जिसी (एकीकृत समाजवादी)
लुम्बिनीः कोमल वली र रामलखन चमार (एमाले), दृगनारायण पाण्डे (कांग्रेस)
कर्णालीः कविता बोगटी (एमाले), जीवन बुढा (माओवादी), ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी)
सुदूरपश्चिमः चक्रप्रसाद स्नेही (एमाले), तारादेवी भट्ट (कांग्रेस), शेरबहादुर कुँवर (एकीकृत समाजवादी)
मनोनीतः रामनारायण बिडारी

यी हुन् उम्मेदवार
नेपाली कांग्रेस
प्रदेश १: गोपालकुमार बस्नेत
बाग्मती प्रदेशः कृष्णप्रसाद पौडेल
गण्डकी प्रदेशः कमला पन्त
लुम्बिनी प्रदेशः युवराज शर्मा
कर्णाली प्रदेशः दुर्गाकुमारी गुरुङ
सुदूरपश्चिम प्रदेशः नारायण मिश्र

माओवादी केन्द्र
प्रदेश २: उर्मिला अर्याल
गण्डकी प्रदेशः सुरेश आलेमगर र भुवनबहादुर सुनार
कर्णाली प्रदेशः नरबहादुर विष्ट
सुदूरपश्चिम प्रदेशः जगत्बहादुर पार्की

नेकपा एकीकृत समाजवादी
प्रदेश १: जयन्ती राई
बाग्मती प्रदेशः गोमादेवी तिमिल्सिना
लुम्बिनी प्रदेशः राजेन्द्रलक्ष्मी गैरे
कर्णाली प्रदेशः उदय बोहरा
सुदूरपश्चिम प्रदेशः मदनकुमारी साह (गरिमा)

जनता समाजवादी पार्टी (जसपा)
प्रदेश १ः हेमराज राई
प्रदेश ः महमद खालिद

राष्ट्रिय जनमोर्चा
लुम्बिनी प्रदेशः तुलप्रसाद विश्वकर्मा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
प्रदेश २: रूपाकुमारी यादव

एमालेबाट १९ सिटमै उम्मेदवार
प्रदेश १: अन्यतर्फ गुरुप्रसाद बराल, महिलाबाट सुमित्रा सुवेदी भण्डारी र अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पा
प्रदेश २: अन्यतर्फ उसमान अन्सारी, महिलाबतर्फ बिना देवी
बाग्मती प्रदेशः अन्यतर्फ गोपाल शाक्य, महिलातर्फ निरकुमारी कुँवर
गण्डकी प्रदेशः अन्यतर्फ पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल थनेत, दलिततर्फ अर्जुनकुमार सुनाम
लुम्बिनी प्रदेशः अन्यतर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल, दलितमा कृष्णबहादुर सुनार
कर्णाली प्रदेशः अन्यतर्फ चूडामणि शर्मा, महिलातर्फ गंगा थापा महत, अल्पसंख्यकबाट पदमबहादुर माझी
सुदूरपश्चिम प्रदेशः अन्यतर्फ डिल्लीराम भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा, दलिततर्फ नरेशकुमार विश्वकर्मा

राप्रपा
प्रदेश १: रञ्जु प्याकुरेल र अमरबहादुर विष्ट

नेमकिपा
बाग्मती प्रदेशः गीता काफ्ले र कृष्णबहादुर तामाङ

प्रतिक्रिया