पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट नेपालभर आठ जनाको मृत्यु भएको छ भने थप १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।.
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार एकसय तीन नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार चारसय ३२ र सात हजार आठसय छ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार पाँचसय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा तीन हजार ४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८८ हजार नौसय ३४ सक्रिय संक्रमित छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार छसय ३४ पुगेको छ । मंगलबार थप आठजनासहित मृत्यु हुनेको कूल संख्या ११ हजार छसय ६७ पुगेको छ भने आठ लाख २७ हजार दुईसय ७९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितमध्ये ८७ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ८१७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।