विश्वभर आरटी, पीसीआरबाट पनि पत्ता लगाउन नसकिने ओमिक्रोनको नयाँ सब भेरियन्ट फैलिदै

विश्वभर आरटी, पीसीआरबाट पनि पत्ता लगाउन नसकिने ओमिक्रोनको नयाँ सब भेरियन्ट फैलिदै


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ माघ २०७८
  • 4.8K
    Shares

भारतसहित विश्वका ४० देशमा आरटी, पीसीआरबाट पनि पत्ता लगाउन नसकिने कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ सब स्ट्रेन बीए.२ अर्थात ‘स्टेल्थ ओमिक्रोन’ फैलिसकेको पाइएको छ।

यो अब विश्वका बाँकी देशहरूमा पनि चाँडै पुग्ने अनुमान गरिएको छ । यही सब स्ट्रेन बीए.२ अर्थात ‘स्टेल्थ ओमिक्रोन’ले गर्दा विश्वभर थप तनाव सिर्जना हुने देखिएको छ। यसले विश्वमा थप भयावह लहर ल्याउन सक्ने खतरा पैदा गरेको छ । विश्व स्वास्थ्य संगठनले २०२१ नोभेम्बर २६ मा ओमिक्रोन अर्थात् बी.१.१.५२९ लाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको थियो ।

संगठनका अनुसार ओमिक्रोनको बीए.१, बीए.२ र बीए.३ गरी तीन सब भेरियन्ट रहेका छन् । २३ डिसेम्बर २०२१ सम्म जीन सिक्वेन्सिङमा ओमिक्रोनको ९९ प्रतिशत केसमा बी.१ पाइएको थियो । तर पछिल्लो समयमा ओमिक्रोनको दोस्रो सब भेरियन्ट बीए.२ तीव्र रुपमा फैलिरहेको पाइएको छ । बेलायतको हेस्थ सेक्युरिटी एजेन्सीले ओमिक्रोनको सब भेरियन्टलाई ‘भेरियन्ट अन्डर इन्भेस्टिगेसन’ मा राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार