भीमफेदी कारागारका थुनुवा जैसवालको मृत्यु

भीमफेदी कारागारका थुनुवा जैसवालको मृत्यु


  • जन संचार
  • मंगलबार, ११ माघ २०७८
  • 8.2K
    Shares

मकवानपुरको भीमफेदी कारागारमा एक थुनुवाको मृत्यु भएको छ । भीमफेदी कारागारमा लागू औंषध मुद्दामा थुनुवा जीवन बिताइरहेका बारा जिल्लाका गढीमाई नगरपालिका–१० का ४५ वर्षीय अजयप्रसाद जैसवालको मृत्यु भएको हो।

शौचालय जाने क्रममा लडेर बेहोश भएका जैसवालको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कारागार प्रमुख मदन लामा थिङले जानकारी दिए। शुरुमा उनलाई बेहोश अवस्थामा भीमफेदीमा सामान्य उपचार गरिएकोमा त्यहाँ उपचार हुन् नसकेपछि हेटौडा अस्पताल पुर्याइएको बताइएको छ।

मृतक जैसवालको शव परिवारले बुझिसकेको बताइएको छ । जैसवाल अघिल्लो वर्षको भदौ महिनादेखि लागुऔषध मुद्दामा सजाय काटिरहेका थिए।

प्रतिक्रिया