कारागारबाट भागेका यमराज भारतमा भेष बदलेको अवस्थामा भेटिए

कारागारबाट भागेका यमराज भारतमा भेष बदलेको अवस्थामा भेटिए


  • जन संचार
  • मंगलबार, ११ माघ २०७८
  • 3.9K
    Shares

दाङको घोराही कारागारबाट प्रहरीकै मोटरसाइकल लिएर भागेका कैदी यमराज परियार भारतमा भेष बदलेर लुकिछिपी बसिरहेको अवस्थामा फेला परेका छन्। उनलाई प्रहरीले पक्राउ गरेर नेपाल ल्याई सार्वजनिक गरेको छ।

दाङको घोराही कारागारबाट फरार भएका कैदी यमराज परियारलाई एक महिनापछि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक (एसपी) सुरेस काफ्लेले नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउ गरिएको भनिए पनि उनी भारतबाट पक्राउ परेको उच्च स्रोतले बताएको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यमराज गत पुस ८ गते उपचारका क्रममा प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए । उनी भागेको दोस्रो दिन मोटरसाइकल भने लमही नगरपालिका-६ बेलदमारको जंगलमा फेला गरेको थियो ।

स्रोतका अनुसार उनी केही दिन हिँडेर जंगलको बाटो हुँदै भारत पुगेका थिए । ‘रातरात लमहीको जगल हुँदै नेपाल-भारत सीमाबाट भारत गएको देखियो’ उनले भने, ‘हिँडेरै नाकाको बाटो हुँदै भारत पुगेको खुलेको छ ।’

उनलाई त्यहा रहेका अफ्ना भाइ र साथीहरूको सहयोगमा भारतको पञ्जावको लुधियाना पुग्न सफल भएका थिए । त्यहाँ उनी भेष बदलेर लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको एक अनुसन्धान अधिकारीले बताए ।

कारागारमा हुँदा नाइके परियारले कपाल र दारी लामो पालेका थिए । त्यतिबेला उनको हुलिया अहिलेको भन्दा बिल्कुल फरक देखिन्थ्यो । पहिले दारी र कपाल लामो पालेका परियार त्यहाँ कपाल र दारी फालेर फरक हुलियामा बसेका थिए । त्यसक्रममा उनले विभिन्न फोन र सिम प्रयोग गरिएको पाइएको अनुसन्धान अधिकारीले बताए ।

यसअघि सो प्रकरणमा संलग्नता रहेको आंशकामा घोराही कारागारका जेलर युवराज परियारलाई पदमुक्त गरी अनुन्धानका लागि केही दिन हिरासतमा राखिएको थियो । अनुन्धानका क्रममा उनी दोषी नदेखिएपछि पुस १६ गते छुटेका थिए ।

यमराज फरार प्रकरणमा प्रहरी जवान चौधरी र तुलसीपुर उपमहानगरपालिका-१० की २२ वर्षीया समी चौधरी पुर्पक्षका जेल चलान भइसकेका छन् । त्यस्तै सोही प्रक्ररणमा संलग्नता रहेको भन्दै घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारु पाँच हजार धरौटीमा छुटेका छन् ।

यो प्रकरणमा युवतीलगायत होटलको समेत व्यवस्थापनको काम गरेको आरोप लागेकी घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका-१६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश भएको थियो ।

प्रतिक्रिया