एमाले अध्यक्ष ओली दम्पत्ति र प्रचण्डपत्नीलाई कोरोना संक्रमण पुष्टि

एमाले अध्यक्ष ओली दम्पत्ति र प्रचण्डपत्नीलाई कोरोना संक्रमण पुष्टि


  • जन संचार
  • आइतबार, ९ माघ २०७८
  • 3.2K
    Shares

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र वहाकी धर्मपत्नी राधिका शाक्य तथा पुर्व प्रधानमन्त्री एबम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कि धर्म पत्नी सिता दाहाललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष ओली र उहाँकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए । स्वास्थ्यमा सामान्य समस्यादेखिएपछि पूर्वप्रधानमन्त्री ओलीको सुरुमा एन्टीजेन परीक्षण गरिएको थियो । परीक्षणमा पोजेटिभ देखिएपछि ओली दम्पतीले पीसीआर परीक्षण गराउनुभएको थियो ।

पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमै होम आइसोलेसनमा बसिरहेका छन् । कोरोना संक्रमित भै होम आइसोलेसनमा बसेका ओली दम्पत्तिका पूर्वनिर्धारित सम्पूर्ण सार्वजनिक कार्यक्रमहरु डाक्टरको सल्लाह अनुसार स्थगित गरिएको सचिवालयले जनाएको छ।

यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल समेत कोरोना संक्रमित भै उपचारका लागि अस्पताल भर्ना भएकी छन्। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको पारिवारिक सरिताले जानकारी दिएको छ। सीताकी छोरी गंगाले आमालाई तीन दिनदेखि अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको बताएकी छन्। कोरोना संक्रमित दाहाललाई निमोनिया पनि देखिएको बताइएको छ।

सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी) बाट लामो समयदेखि पीडित छिन्।

प्रतिक्रिया