मोबाइल चोरी गरेको आरोप लागेका दुई प्रहरी निलम्बित

मोबाइल चोरी गरेको आरोप लागेका दुई प्रहरी निलम्बित


  • जन संचार
  • शनिबार, ८ माघ २०७८
  • 5.5K
    Shares

जिल्ला प्रहरी कार्यालय कैलाली

कैलालीको धनगढीमा मोबाइल चोरी गरेको आरोप लागेका दुई जना प्रहरीलाई निलम्बन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोही कार्यालयमा कार्यरत प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले अदालतको अन्तिम फैसला नआउन्जेलसम्म उनीहरूलाई निलम्बन गरिएको बताए।

प्रहरीले उनीहरुविरुद्ध जिल्ला अदालतमा चोरी मुद्दा दर्ता गरी अनुसन्धानका लागि पांच दिनको म्याद लिएको प्राप्त समाचारमा जनाइएको छ। उनीहरुको जागिर अब अदालतको आदेश नआइन्जेल निलम्बनमा परेको छ।  अदालतले उनीहरुबिरुद्ध लागेको अभियोगबाट सफाई दियो भने उनीहरुले फेरी जागीरमा फर्कन पाउनेछन।  अन्यथा अदालतको आदेश बमोजिम उनीहरुको बाँकी भबिश्य निर्धारण हुनेछ।

माघ ५ गते धनगढीको मोबाइल ग्यालरीमा लागुऔषध कारोबारीलाई समात्न प्रहरी टोली पुगेको थियो। त्यस क्रममा तीन जना लागुऔषध कारोबारी ब्राउन सुगरसहित समातिएका थिए।

त्यति बेला लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा गएका माल र बुढालले चोरी गरेको भिडियो सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि जिल्ला प्र्रहरी कार्यालय कैलालीले मुद्धा दर्ता गर्दै उनीहरुलाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको हो।

भिडियो सार्वजनिक हुनुअघि सोही मोबाइल ग्यालरीबाट धनगढी–५ का दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ।

प्रतिक्रिया