तीनै तहको निर्वाचनको पूर्वतयारी गर्न प्रधानमन्त्रीको आग्रह

तीनै तहको निर्वाचनको पूर्वतयारी गर्न प्रधानमन्त्रीको आग्रह


  • जन संचार
  • शुक्रबार, ७ माघ २०७८
  • 3.3K
    Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।

पाँच दलीय सत्तागठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव गरिरहेको बेला प्रम देउबाले एकैचोटी तिनै तहको चुनाबको तयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका हुन् । एक वर्षभित्र तीन वटै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै उनले पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका हुन् ।

संसदमा जारी रहेको अवरोधतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए ।

संविधान कार्यान्वयन, विस्तृत सम्झौताको बाँकी कार्य पूरा गर्ने र नागरिकताको समस्यालाई सरकारले उच्च प्राथमिकता राखेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संसदमा विचाराधीन सबै विषयमा सबै दलसँगको संवाद गरेर निष्कर्षमा पुगिने बताएका छन् ।

प्रतिक्रिया