कैलाली लम्कीचुहा नगरपालिकास्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गेका मेजर अशोकजंग शाही सेवाबाट बर्खास्त भएका छन् ।
मादक पदार्थ सेवन गरेर सर्वसाधारणसँग अपशब्द बोलेको र दुर्व्यवहार गरेको आरोप लागेका मेजर शाहीलाई नेपाली सेनाको जनरल सैनिक अदालतले सेवाबाट बर्खास्त गरी एक महिना कैद सजाय गर्ने आदेश दिएको छ। उम्ले सैनिक अदालतले तोकेको कैद सजायं भुक्तान गरेर मुक्त भैसकेको प्राप्त समाचारमा जनाइएको छ।
मेजर शाहीले सैनिक आचरणविरूद्ध काम गरेको ठहर गर्दै सैनिक अदालतले बर्खास्त गरेको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । सैनिक ऐन अनुसार शाहीले अब एक पटक पुनरावेदन गर्न पाउनले प्रवक्ता सिलवालले जानकारी दिए ।
गत कात्तिकमा कैलालीको चिसापानी बजारमा स्थानीयले उनीमाथि आक्रमण गर्दै गाडी तोडफोड गरेपछि सहायक रथी कृष्णबहादुर जिसीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।
‘सेवाबाट बर्खास्त गरिएको छ । फैसलामा चित्त नबुझे पुनरावेदन गर्न पाइन्छ,’ सिलवालले नेपाल मञ्चसँग भने ।
गत कात्तिकमा कैलालीको चिसापानी बजारमा स्थानीयले उनीमाथि आक्रमण गर्दै गाडी तोडफोड गरेपछि सहायक रथी कृष्णबहादुर जिसीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।