तीन वर्षदेखि नेपालमा बस्दै आएका बेलायती नागरिक फेवातालमा मृत भेटिए

तीन वर्षदेखि नेपालमा बस्दै आएका बेलायती नागरिक फेवातालमा मृत भेटिए


  • जन संचार
  • शुक्रबार, ७ माघ २०७८
  • 4K
    Shares

फेवातालको किनारमा बिहीबार दिउसो एक जना बेलायती नागरिक मृत फेला परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर २२ अँधेरीखोला नजिकै रहेको फेवातालमा तैरिरहेको अवस्थामा ४६ वर्षीय बेलायती नागरिक मार्क सुट मृत फेला परेका हुन्।

प्रहरीका अनुसार, बंगुरका लागि दाना लिएर गएकाडुंगा चालक रामचन्द्र परियारले दिउँसो साढे १२ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। तत्पश्चात घटनास्थल पुगेको प्रहरीले सडेगलेको अवस्थामा रहेको शबलाई पानीबाट बाहिर निकालेको थियो।

प्रहरीले उनको साथमा नै रहेको भनिएको झोलाबाट उनको पासपोर्ट र दुई वटा मोबाइल समेत बरामद भएको प्राप्त समाचारमा जनाइएको छ।  उनको शब पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा पथाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सन् २०१९ देखि नै नेपालमा बस्दै आएका बेलायती नागरिक मार्कको मृत्युका बारेमा अनुसन्धान भैरहेको कास्की प्रहरीका प्रबक्ता डिएसपी सुन्दर तिवारीले बताए।  उनले शरीरमा बाहिरी चोटपटक नरहेको र पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने जानकारी दिए ।

फेवातालमा आज विदेशी नागरिक मृत अवस्थामा भेटिएका छन् । ती पुरूष बेलायतको नागरिक रहेको साथमा भेटिएको झोलामा रहेको पासपोर्टबाट थाहा भएको कास्की प्रहरीले जनाएको छ ।

डिएसपी सुन्दर तिवारीका अनुसार पासपोर्टमा नाम मार्क सुट र उमेर ४६ वर्ष उल्लेख छ । उनी २०१९ मै नेपाल आएको थाहा भएपनि अन्य जानकारी नखुलेको तिवारीले जनाए ।

पोखरा २२ अँधेरीखोला नजिकै पूर्वी फेवातालमा तैरिरहेको अवस्थामा मार्क भेटिएका थिए । दिउँसो साढे १२ बजेतिर डुंगा चालक रामचन्द्र परियारले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । शव सड्न लागेको अवस्थामा थियो ।

प्रहरी प्रवक्ता तिवारीका अनुसार शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शरीरमा बाहिरी चोटपटक नरहेको र पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने डिएसपी तिवारीले जनाए ।

प्रतिक्रिया