कर्मचारीमा कोरोना देखिएपछि कास्की प्रशासनबाट राहदानी, राष्ट्रिय परिचयपत्र दर्ता र पेन्सन सिफारिस सेवा स्थगित

कर्मचारीमा कोरोना देखिएपछि कास्की प्रशासनबाट राहदानी, राष्ट्रिय परिचयपत्र दर्ता र पेन्सन सिफारिस सेवा स्थगित


  • जन संचार
  • बिहिबार, ६ माघ २०७८
  • 2.3K
    Shares

janasanchar ,जिल्ला प्रशासन कार्यालय कास्की

शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले राहदानी , राष्ट्रिय परिचयपत्र दर्ता र पेन्सन सिफारिस सेवा स्थगित गरेको छ।
बुधबार एक प्रेस बिज्ञप्ति जारी गरेर जिल्ला प्रशासन कार्यालय कास्कीले राहदानी , राष्ट्रिय परिचयपत्र दर्ता र पेन्सन सिफारिस सेवा स्थगित गरेको जानकारी दिएको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले राहदानी र राष्ट्रिय परिचय पत्र वितरण शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । उनका अनुसार केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने केहिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रशासनले राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता सम्बन्धी सेवा अनिश्चित कालका लागि स्थगित गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जारी गरेको विज्ञप्तीमा अर्को सूचना जारी नभएसम्मका लागि राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता सम्बन्धी सेवा स्थगित हुनेछ । प्रशासनले जारी गरेको सूचनामा तयारी अवस्थामा रहेका राहदानी भने वितरण गरिने उल्लेख छ ।

प्रशासनले भारतीय पेन्सन सिफारिस सम्बन्धी कार्य एवं सेवासमेत हाललाई बन्द गरेको जनाएको छ । साथै प्रशासनले राहदानी, राष्ट्रिय परिचय पत्र र भारतीय पेन्सन सिफारिस सम्बन्धी कार्य एवम् सेवाका लागि अनलाई आवेदनसमेत नगर्न आम जनसमुदायमा अनुरोध गरेको छ ।

प्रतिक्रिया