नेपालमा एकैदिन थपिए ११ हजार तीनसय नयाँ संक्रमित, सरकारले घटायो कोरोना परीक्षण शुल्क

नेपालमा एकैदिन थपिए ११ हजार तीनसय नयाँ संक्रमित, सरकारले घटायो कोरोना परीक्षण शुल्क


  • जन संचार
  • बुधबार, ५ माघ २०७८
  • 3K
    Shares

पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमण तीब्र दरले बढ्दै गैरहेको अवस्थामा सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ ।

यसअघि यो शुल्क एक हजार थियो । यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १८ हजार ७८ पीसीआर परीक्षणका क्रममा ९ हजार ५ सय २ जना र ५ हजार ३३१ एन्टिजेन परीक्षणका क्रममा १ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय २८ जनाको ज्यान गएको छ । त्यस्तै थप ६ सय १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १८ हजार १ सय ६० जना निको भएका छन् ।

हाल नेपालमा ४७ हजार ९ सय २९ सक्रिय संक्रमित आइसोलेशन र १ सय २६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसै बीच प्राप्त जानकारी अनुसार, सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

प्रतिक्रिया