धनुषामा गएराती प्रहरी टोलीमाथि डाँकाहरुको आक्रमण, एक जना असई घाइते, पांच डाँका पक्राउ

धनुषामा गएराती प्रहरी टोलीमाथि डाँकाहरुको आक्रमण, एक जना असई घाइते, पांच डाँका पक्राउ


  • जन संचार
  • बुधबार, ५ माघ २०७८
  • 3.8K
    Shares

धनुषामा गएराती डाँका समुहले गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण गर्दा एक जना प्रहरीका जुनियर अधिकृत घाइते भएका छन् भने पांच जना डाँकालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषा प्रमुख एसपी बसन्त रजौरेका अनुसार महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि डाँकाहरुले आक्रमण गरेका थिए । दानाका समूहको आक्रमणबाट बटेश्वरी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेल घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ र हाल उपचार जारी छ ।

प्रहरीमाथि आक्रमण गर्ने ५ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख रजौरेले बताए ।

प्रतिक्रिया