पर्सामा दुई प्रहरीको हानाहान
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत दुई जना जुनियर प्रहरी अधिकृतबीच मंगलबार दिउसो प्रहरी परिसरभित्रै हानाहान भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत लेखापाल प्रहरी नायब निरीक्षक कुमार सेढाई र सुब्बदार मेजर प्रहरी नायब निरीक्षक कुल बहादुर कुँवर बीच मंगलबार दिउसो ४:३० बजे कार्यालय परिसरमा नै हानाहान भएको हो।
समाचारस्रोतले दिएको जानकारी अनुसार, प्रहरीकाे मोबाइल भ्यान गाडी बनाउने बिषयमा उनीहरुबीच भनाभन भएकोमा अन्त्यमा हानाहानमा परिणत भएको बताइएको छ।
दुई जना जुनियर प्रहरी अधिकृतहरु बीच हानाहान भएपछी त्काल वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेश पूरी र अरु प्रहरी कर्मचारीहरु मिलेर दुवैलाई नियन्त्रणमा लिएर कन्ट्रोलमा एक घण्टा सम्म राखिएको समाचारस्रोतको दाबी छ। दुवै जनाको मेडिकल पनि गरिएको प्राप्त समाचारमा जनाइएको छ।
प्रहरीले दुवै जनालाई विभागीय कारबाही चलाउने गरी थुनामुक्त गरेको प्रहरी स्रोतलाई उल्लेख गर्दै समाचारस्रोतले जानकारी दिएको छ।