सकियो सत्तारुढ गठबन्धन बैठक : नेता नेपाल र यादव अनुपस्थित, मिल्यो स्थानीय तहको निर्वाचन बारे सैद्धान्तिक सहमति

सकियो सत्तारुढ गठबन्धन बैठक : नेता नेपाल र यादव अनुपस्थित, मिल्यो स्थानीय तहको निर्वाचन बारे सैद्धान्तिक सहमति


  • जन संचार
  • मंगलबार, ४ माघ २०७८
  • 2.8K
    Shares

अन्तत: सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर यस विषयमा थप गृहकार्य अर्को बैठक बस्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा सहभागी सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका हुन् ।

बैथाकपश्चात संचारकर्मीहरुसंग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको सन्चारकर्मीलाई जानकारी दिए । आजको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुँदा निर्धारित समयमा नै स्थानीय तहको चुनाब गर्ने सहमति भएको जानकारी दिदै सरकारका प्रबक्ता कार्कीले त्यस बारे थप गृहकार्य गरेर आगामी बिहीबार फेरि बैठक बस्ने बताए ।  बिहीबार नै मन्त्रिपरिषद्को नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ ।

सरकारका प्रबक्ता मंत्री कार्कीले स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमति भएको बताइरहदा मा‌ओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले त्यस भनाइप्रति असहमति जनाए।  आज बसेको भनिएको सत्तारुढ गठबन्धनको बैठकमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अनुपस्थित भएको अवस्थामा चुनावको मितिबारे निर्णय नभएको उनले दाबी गरे। उनले चुनाब गर्ने बारे सद्धान्तिक तबरले मात्र सहमति भएको बताए।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले २०७८ साल पुस ९ गते  प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचनको तयारी थाल्न ध्यानाकर्षण गराएका थिए ।

निर्वाचनको संवैधानिक र कानूनी पाटो बुझ्न आयोगमा पुगेका महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग पनि आयोगका पदाधिकारीहरुले स्थानीय निर्वाचन वैशाखमै हुनुपर्ने बताएका थिए । तर सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउनेबारे निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया