पछिल्लो २४ घण्टामा सर्बोच्च अदालतका न्यायाधिश लगायत चार हजार नौसय ६१ जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार एकसय ३१ जनाको नमुना परीक्षण गर्दाचार हजार नौसय ६१ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैबीच प्राप्त जानकारी अनुसार, सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्कासहित २४ जनालाई कोरोना पुष्टि भएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको छ ।
त्यसैगरी कोरोना लागेको आशंकामा आइतबार मात्रै ३० जना कर्मचारीले परीक्षण गराएका छन् । उनीहरूमध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको प्रवक्ता दाहालले बताए । न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ । प्रवक्ता दाहालका अनुसार कोरोनाबाट सङ्क्रमित हुने कर्मचारीको सङ्ख्या बढेसँगै कन्ट्याक्ट ट्रेसिङका परेकाहरूलाई परीक्षण गर्न र नतिजा नआउन्जेल सजग रहन भनिएको छ ।
यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार छ सय ८० पुगेको मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
बितेको २४ घण्टामा तीन जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुनेको संख्या चार सय ३५ जना रहेका छन् ।यसैबीच नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको सचिवालयले अध्यक्ष प्रचण्ड कोरोना संक्रमणमुक्त भएको जनाएको छ।