सुर्खेतमा झ्याल ढोका थुनेर कोइला बाली सुतेका एकै घरका चार जना मृत भेटिएका छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँको एकै घरका चार जना मृत भेटिएका हुन्।
शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट आज घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । उनीहरुको निस्सासिएर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ। बेलुका सूचना पाउने वित्तिकै त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।
प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार मृतक कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन सकेको छैन । सांकेतिक फोटो