तनहुँको बन्दीपुरमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या छ पुग्यो, सबैको सनाखत

तनहुँको बन्दीपुरमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या छ पुग्यो, सबैको सनाखत


  • जन संचार
  • शनिबार, १ माघ २०७८
  • 2K
    Shares

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटियामा गएराती भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।
सो दुर्घटनामा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङको मृत्यु भएको बन्दीपुर अस्पतालले जानकारी दिएको छ। विममाया र सुकबहादुरको अस्पताल ल्याउँदै गर्दा बाटोमा र अन्य चार जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसर, घुमाउनेबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नम्बर जिप शुक्रबार राति साढे ८ बजे सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइते सबैको बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात् थपको उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जिपको चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया