तनहुँमा जीप दुर्घटना : चार जनाको घटनास्थलमा नै मृत्यु

तनहुँमा जीप दुर्घटना : चार जनाको घटनास्थलमा नै मृत्यु


  • जन संचार
  • शनिबार, १ माघ २०७८
  • 2.8K
    Shares

जीप दुर्घटना

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

धरमपानीस्थित हटिया भन्ने ठाउँमा ग १ ज ६५५५ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ । जीप दुर्घटनामा घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको बताइएको छ।

१२ जना यात्री सवार सो जीप अनियन्त्रित भई भीरबाट तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । फाइल फोटो

प्रतिक्रिया