बिद्यार्थीहरुले केएमसीका सञ्चालक सुनिल शर्मामाथि शिक्षा मन्त्रालयभित्रै कालोमोसो दले

बिद्यार्थीहरुले केएमसीका सञ्चालक सुनिल शर्मामाथि शिक्षा मन्त्रालयभित्रै कालोमोसो दले


  • जन संचार
  • शुक्रबार, ३० पुष २०७८
  • 5.5K
    Shares

काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई माधव नेपाल नेतृत्व पार्टीको भातृसंस्था अनेरास्ववियूका विद्यार्थीहरुले कालोमोसो दलेका छन्। शिक्षा मन्त्री देवेन्द्र पौडेलले शुक्रबार आयोजना गरेको छलफलपछि विद्यार्थीहरुले मन्त्रालयको पहिलो तलामा कालोमोसो दलेका हुन्।

शुक्रबार मन्त्रालयमा विद्यार्थी, अभिभावक, काठमाडौं विश्वविद्यालयका प्रतिनिधि, केएमसी कलेजका प्रतिनिधि, चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीच छलफल थियो ।

काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी आन्दोलनमा छन् । उनीहरुको आन्दोलनलाई विभिन्न दल निकट विद्यार्थी संगठनहरुले साथ दिएका छन् ।

अतिरिक्त शुल्क लिएको भन्दै अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलनरत छन्। सरकारलाई अटेरी गर्दै अतिरिक्त शुल्क लिएको भन्दै कालोमोसो दलेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलेले जानकारी दिए । ‘हामीले कालोमोसो दलेका हौं। शर्मा मेडिकल माफिया भएको जिकिर गर्दै अध्यक्ष पराजुलेले आफ्नो संगठनले कालोमोसो दलेको स्वीकारे।

अध्यक्ष पराजुलीका अनुसार प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले अनरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएको हो। काठमाडौं मेडिकल कलेजले ६ लाखसम्म अतिरक्ति शुल्क लिएको विरोध विद्यार्थीहरु एक महिनादेखि आन्दोलनरत छन्।

प्रतिक्रिया