धादिङमा आज एकाबिहानै पहिरोले डोजर पुरिदा डोजरसहित तीन जना बेपत्ता भएका छन्। धादिङको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान साढे आठ बजे पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको जानकारी दिए। उनले उद्धारको लागि टोली परिचालन गरिएको बताए । एसपी सिंहले ‘चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको भनेर स्थानीयले खबर गरेको’ जानकारी दिए। उनले घटनाको बिस्तृत विवरण आइनसकेको उनको भनाइ छ । फाइल फोटो