सिके राउतका कार्यकर्ताले नेपालगन्जबाट कृषि मन्त्री महेन्द्र राय यादब लखेटे

सिके राउतका कार्यकर्ताले नेपालगन्जबाट कृषि मन्त्री महेन्द्र राय यादब लखेटे


  • जन संचार
  • बुधबार, २८ पुष २०७८
  • 5.5K
    Shares

सिके राउत नेतृत्वको जनमत पार्टीका नेता-कार्यकर्ताले सोमबार नेपालगंजबाट संघीय कृषिमन्त्री महेन्द्र राय यादवलाई लखेटेका छन् ।
जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री इस्तियाक राईले सुरु गरेको दाना फ्याक्ट्रीको उद्घाटन गर्न गुपचुप नेपालगन्ज पुगेका मन्त्री यादवलाई जनमत पार्टीका नेता-कार्यकर्ताले हो-हल्ला गर्दै लखेटेका हुन्।

मन्त्री यादव त्यहाँ पुगेको जानकारी पाएलगत्तै किसान आन्दोलनकारीहरु कार्यक्रम स्थलमा पुगेका थिए ।

किसान आन्दोलनकारीहरुले जनकारवाही गर्ने होहल्ला सुरु भएपछि मन्त्री यादवले कार्यक्रम बीचमै छोडेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षा घेरामा पछाडिको बाटो हुँदै भागेको बताइएको छ।

तराई मधेशका जिल्लामा विगत दुई सातादेखि मलखाद समयमा उपलब्ध गराउनु पर्ने, उखु किसानको रकम भुक्तानी हुनु पर्ने, कृषिकलाई निःशुल्क विजुली दिनु पर्ने, किसानलाई पेन्सन दिनु पर्ने र किसान कार्डको व्यवस्था गर्नु पर्नेलगायतको माग राख्दै आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया