नेकपा एमाले कास्कीको १० औं जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा निवर्तमान कार्यबाहक अध्यक्ष मनबहादुर गुरुङ बिजयी भएका छन्। उनले निवर्तमान कार्यसमितिका सचिव दामोदर बैरागीलाई पराजित गरेका हुन्। अद्यापि निर्वाचन समितिले आधिकारिक रुपम निर्वाचन परिणाम सार्वजनिक गरेको छैन।
समाचार स्रोतका अनुसार, पार्टीको जिल्ला उपसभापतिमा तेजनारायण अधिकारी र सचिबमा बैनबहादुर क्षेत्री निवाचित भएका छन्। त्यस्तै उपसचिव पदमा दर्शन लामा र नवराज ओझा निर्वाचित भएको समाचार सोतले जानकारी दिएको छ।
सचिव पदमा मिर्वाचित क्षेत्री जिल्ला समन्वय समिति कास्कीका संयोजक हुन् भने उपसचिव लामा पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष र ओझा रुपा गाउपालिकाका प्रमुख हुन्।
अहिले खुल्ला तर्फको सदस्य पदको मत गणना भैरहेको छ।
नेकपा एमाले कास्की १०अाै अधिबेशनमा पदाधिकारीको अन्तिम परिणाम ८९५ मत खसेकाे
अध्यक्ष
दामाेदर बैरागि – ४०७
मन बहादुर गुरुङ -४५६(बिजयी )
उपाध्यक्ष
तेजनारायण अधिकारी -४२१ ( बिजयी )
प्रभा काेईराला -४१३
सचिब
बिष्णु केसी -३६४
बैन बहादुर अधिकारी -४७५(बिजयी)
उप सचिव
दर्शन लामा -५४०(बिजयी)
ईमानराज पाैडेल -३५५
नवराज ओझा -४४३(बिजयी )
मन्बुजा बिश्वकर्मा – २३७