कोरोना संक्रमणबाट पर्वतकी एक बृद्धाको निधन, पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा एकसय १४ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमणबाट पर्वतकी एक बृद्धाको निधन, पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा एकसय १४ जनामा कोरोना संक्रमण पुष्टि


  • जन संचार
  • मंगलबार, २७ पुष २०७८
  • 4.9K
    Shares

कोरोना संक्रमणबाट पर्वत जिल्लामा एक जना महिलाको निधन भएको छ।  पर्वत जिल्लाको जलजला गाउपालिका वडा नम्बर १ निवासी ७० वर्षीया बृद्धाको निधन भएको हो।

गएको पुष १६ गते कोरोना संक्रमण पुष्टि भै पोखरास्थित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत ती बृद्धाको सोही अस्पतालमा उपचार हुँदा हुँदै निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ।

निर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा थप एकसय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२४ घन्टामा गण्डकी प्रदेश भर सबैभन्दा धेरै कास्की जिल्लामा ३९ महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा स्याङ्गजामा तीन महिलासहित आठ  जना,  बागलुङ्गमा तीन महिलासहित पांच जनामा, तनहुँमा चार महिलासहित सात जना, गोरखामा एक महिलासहित छ जनामा,  म्याग्दीमा तीन महिलासहित चार जना र नवलपुरमा चार महिलासहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

 

प्रतिक्रिया