पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट दुई जनाको निधन, एकहजार चारसय ४६ नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट दुई जनाको निधन, एकहजार चारसय ४६ नयाँ संक्रमित थपिए


  • जन संचार
  • सोमबार, २६ पुष २०७८
  • 5.2K
    Shares

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालभर दुई जनाको निधन भएको छ भने थप एकहजार चारसय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार नौसय ६५ जनाको पीसीआर परीक्षण गर्दा एकहजार तीनसय ५७ जना र दुई हजार चारसय ६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी कुल एकहजार चारसय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३१ हजार ४५० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ भने ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना रहेका छन् । जसमध्ये ७ हजार २४५ जना होम आइसोलेसनमा रहेका छन् भने ६१० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा ८७६ जना संक्रमित

यस्तै काठमाडौं उपत्यकामा थप ८७६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६७५, ललितपुरमा १३६ र भक्तपुरमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यका बाहेक सोमबार सबैभन्दा धेरै मोरङमा ७२, कास्कीमा ५८, चितवनमा ४५, रुपन्देहीमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै झापामा ३१, धनुषामा १८, मकवानपुर र दाङमा १६/१६ जना, कैलालीमा १४, पश्चिम नवलपरासीमा १३, सिरहा र बाँकेमा १२/१२ जना, काभ्रेपलाञ्चोकमा ११ तथा तनहुँ र स्याङजामा १०/१० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया