लामो रस्साकस्सीका बाबजुद पनि सहमति नभएपछी नेकपा एमाले कास्कीको १० औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्वका लागि आज मतदान हुदैछ। आज हुने नेकपा एमाले कास्कीको चुनावलाई यहाँ नेकपा एमालेका उपमहासचिव एबम प्रचार-प्रसार बिभाग संयोजक पृथ्वी सुब्बा गुरुङ र एमाले स्थायी कमिटि सदस्य एबम संगठन बिभाग प्रमुख खगराज अधिकारीको शक्ति परीक्षणको रुपमा हेरिएको छ।
नेकपा एमालेमा पार्टी अध्यक्षको बिस्वास पात्रका रुपमा नेता खगराज अधिकारीलाई हेर्ने गरिन्छ भने नेता गुरुङ पार्टी महासचिव इश्वर पोखरेल निकट मान्ने गरिएको छ।
एमाले कास्कीको चुनाबमा नेता अधिकारीको समर्थनमा वर्तमान कार्यसमितिका सचिब दामोदर बैरागीले आफ्नो प्यानल सहित अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेका छन्। उता नेता गुरुङको समर्थनमा वर्तमान कार्य समितिका कार्यबाहक अध्यक्ष मनबहादुर गुरुङले आफ्नो प्यानल सहित अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
उपाध्यक्षमा बैरागी प्यानलमा प्रभा कोइराला र गुरुङ प्यानलबाट तेजनारायण अधिकारीले मनोनयन दर्ता गरेका छन् । यस्तै, सचिवमा गुरुङ प्यानलबाट विष्ण केसी र बैरागी प्यानलबाट बैनबहादुर अधिकारी क्षेत्री तथा सहसचिवमा २/२ जनाको उम्मेदवारी परेको छ । बैरागी प्यानलबाट नवराज ओझा र लेखबहादुर तामाङ (दर्शन लामा) तथा गुरुङ प्यानलबाट इमानराज पौडेल र सुनमाया भुजेलको उम्मेदवारी परेको निर्वाचन कमिटिले जनाएको छ ।
मनबहादुर गुरुङ