प्रम देउबा र एमाले अध्यक्ष ओलीबीच एक घण्टा भेट

प्रम देउबा र एमाले अध्यक्ष ओलीबीच एक घण्टा भेट


  • जन संचार
  • शनिबार, २४ पुष २०७८
  • 4.2K
    Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर भेटेका छन् । प्रम देउबाले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई ओलीको निवास बालकोट पुगेर भेटेका हुन् ।

दुई नेताबीच करिब एक घण्टा कुराकानी भएको थियो । भेटघाट पछि दुवै जनाले उपस्थ्ति संचारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिन चाहेनन्।

प्रम शेर बहादुर देउबा र एमाले अध्य्क्ष केपी शर्मा ओलीबीच भेट 

देउवा प्रधानमन्त्री बनेदेखि नै प्रमुख प्रतिपक्षी एमालेले संसदमा अवरोध जारी राखेको छ । संसदको गतिरोध अन्त्य गराउन आग्रहसहित ओलीलाई भेट्न देउवा उनकै निवासमा पुगेको जनाइएको छ ।

स्रोतका अनुसार ओली र देउवाबीच संसदको गतिरोध अन्त्य गर्ने लगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।

एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । त्यस्तै अमेरिकी सहयोग परियोजना एमसीसीबारेको छलफलमा पनि एमाले सहभागी हुने गरेको छैन । त्यति मात्र हैन, प्रधानमन्त्री र सभामुखले संसदको गतिरोध हटाउने बारे पटकपटक सर्वदलीय बैठक बोलाएका थिए । तर एमाले अध्यक्ष ओली ती बैठकहरुमा गएनन् । प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाउँदा पनि ओली नगएपछि देउवा नै बालकोट पुगेका हुन् ।

यसअघि गत मंगलबार सरकार सञ्चालन सम्बन्धी उच्च स्तरीय राजनीतिक समन्वय समितिका संयोजक समेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले पनि ओलीसँग भेटेर संसदमा अवरोध नगर्न आग्रह गरेका थिए ।

विगतदेखि नै सभामुख अग्नि सापकोटाको भूमिकादेखि असन्तुष्ट रहेका ओली र उनको पार्टीले घुमाउरो पाराले सभामुखले माफी माग्नुपर्ने वा राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । वर्तमान सत्ता गठबन्धन अपवित्र रहेको र एमाले फुटाएर माधव नेपालले गठन गरेको एकीकृत समाजवादी पार्टी पनि अवैध रहेको ओलीले बताउने गरेका छन् ।

प्रतिक्रिया