लिभिङ टुगेदर बसेका दुई युवायुवती काठमाडौंको कपनमा मृत भेटिएका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएका हुन्।
महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार, कपनस्थित केटाको ठूलीआमाको घरको कोठामा बस्दै आएका उनीहरु मध्ये नग्न अवस्थामा पल्टिरहेकी युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ भने अर्धनग्न अवस्थामा केटाको घाँटीमा चक्कुले रेटेको चोट छ ।
राती १२ बजे प्रहरी घटनास्थलमा पुग्दा ढुक्ढुकी मात्र रहेका अमिशलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा पुर्याइएकोमा त्यही उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, कोठामा रक्सिको बोत्तल, चुरोटका ठुटा र मासु भेटिएको छ । २२ दिन देखि ठुली आमाको घरमा लिभिङ टुगेदरमा बसेका दुवैजना पब्जीको लतमा रहेको बताइएको छ। अमिशले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। सांकेतिक फोटो